धनगढी पोष्ट शुक्रबार, ०५ बैशाख २०८२   April 18, 2025

कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

धनगढी । कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ। कैलालीको धनगढी उपहानगरपालिका–२ चौराहबाट अबैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ९ हजार ४ सय बराबरको सामान बरामद गरिएको छ।

भन्सार छली गरि ल्याएका चिनि, सरफ, कट्टु लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।

यस्तै कञ्चनपुरको बिभिन्न स्थान बेलौरी नगरपालिका–७ पौलाह र बेलौरी नगरपालिका–८ कलकत्ताबाट अबैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य २ लाख ६३ हजार १ सय बराबरको सामान बरामद गरिएको छ।

उक्त मुल्य बराबरको चिसो पेय पदार्थ ड्यु, हाइड्रोलिक तेल, सुर्ती जन्य पदार्थ, माछा लगायतका सामान बागमती प्रदेश ०२८ प ५५३४ र युपी ३१ डब्लु ५०७७ नम्बरको दुई मोटरसाईकलसहित जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहतबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।