धनगढी पोष्ट
शुक्रबार, २९ चैत २०८१ मा प्रकाशित
धनगढी । धनगढीको सिड्लिङ जोन मन्टेश्वरी स्कुल नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको छ । ११ वर्ष अगाडि धनगढीको कैलाली पुलमा सञ्चालन आएको मन्टेश्वरी स्कुल हाल धनगढीकै वडा नम्बर २ राम जानकी मन्दिर पछाडि कृष्ण नगर टोलबाट सञ्चालन आएको हो ।
विद्यालयमा भिड बढाउनु भन्दा पनि शिक्षाको गुणस्तर कसरी दिने भन्ने उदेश्यसका साथ सञ्चालनमा ल्याएको प्रिन्सिपल उदय प्रताप सिंहले बताए ।
‘मण्टेश्वरी तालिम लिएका शिक्षकबाट पारिवारिक वातावरणका पढाई हुन्छ’, उनले भने । ‘विद्यालयमा विद्यार्थीको भिड बढाउन भन्दा पनि गुणस्तरीय शिक्षा दिने उद्देश्य छ । त्यसै अनुसार एक कक्षामा २० जना भन्दा बढी विद्यार्थी राख्दैनौ ।’
शिक्षा क्षेत्रमा लामो अनुभव रहेको बताउँदै उनले सफा र शान्तिपूर्ण वातावरणमा नानी बाबुले पढ्न पाउने उनले बताए । तराईको तापक्रम बढ्दै छ त्यसै अनुसार विद्यालयलाई वातावरणमैत्री बनाउनका लागि एसी सहितका कक्षा कोठाहरू रहेको उनको भनाई रहेको छ । विद्यालयका सि सी क्यामरा जडान गरिएका छन् ।
बालबालिकालाई जीवन उपयोगी शिक्षा प्रदान गरी उनीहरूमा भएको प्रतिभा बाहिर ल्याउन सिड्लिङ जोनले महत्त्वपूर्ण भूमिका खेल्ने र नयाँ पीढीहरूका लागि हातमा शैक्षिक प्रमाणपत्र भएर मात्रै बजारमा बिक्न समस्या हुने भन्दै उनले प्राविधिक शिक्षा अहिलेको आवश्यकता भएको भोलिका दिनहरूमा थप प्राविधिक शिक्षा व्यवस्थित गरी अगाडि बढ्ने प्रिन्सिपल सिंहले बताए ।
पेले ग्रुपका नानीबाबुलाई लक्षित गरी सञ्चालन गरेको हुँदा उनीहरूलाई खेल्नका लागि मैदान तथा खेल सामग्रीहरू पनि प्रशस्त रहेको विद्यालयले जनाएको छ ।