धनगढी पोष्ट
शनिबार, ३० चैत २०८१ मा प्रकाशित
धनगढी । कैलालीमा अवैध काठ र ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्लाको जानकी गाउँपालिका–७ चिलिम चौराह सडकखण्डमा टीकापुर नगरपालिका–१ वनगाउँ बस्ने ३५ वर्षीय टेकबहादुर घर्तिमगरले चलाएको से १ त २ ८६३ नम्बरको ट्याक्टरमा अवैध रुपमा सिमलको काठ गोलिया १० थान (७९.८६ क्युफिट) काठ ओसार पोसार गरिरहेको अबस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो।
अन्दाजी १९ हजार ९६५ बराबरको उक्त काठको गोलिया, ट्याक्टर र चालकलाई इलाका प्रहरी कार्यालय टीकापुरले शुक्रवार नियन्त्रणमा लिएको छ।