धनगढी पोष्ट
शनिबार, ३० चैत २०८१ मा प्रकाशित
धनगढी । कैलालीमा नदीमा डुबेर बालकको मृत्यु भएको छ । जिल्लाको घोडाघोडी नगरपालिका-११ को सिसैयामा कान्द्रा नदीमा डुबेर सोही ठाउँका १३ वर्षीय उपेन्द्र कडायतको मृत्यु भएको हो ।
नुहाउने क्रममा डुबेर बेपत्ता भएका कडायतको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ ।