धनगढी पोष्ट
आइतबार, १८ साउन २०७७ मा प्रकाशित
काठमाडौं
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आरडिटी परीक्षण नगर्न निर्देशन दिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारको कोभिड १९ को नियमित प्रेस ब्रिफिङमा आरडिटी परीक्षण नगर्न सबै निकायहरुलाई निर्देशन दिएका हुन् ।
डा गौतमले सात वटै प्रदेश, स्थानीय तह र अस्पताललाई आरडिटी परीक्षण नगर्न जानकारी गराएका हुन् ।
विश्व स्वास्थ्य संगठनले मान्यता नदिएको आरडिटी परीक्षणलाई सरकारले लामो समयदेखि मान्यता दिदै आएकोे थियो । आरडीडीटी परिक्षणमा पोजिटिभ आएपछि मात्र पीसीआर परिक्षण गर्ने गरेको थियो ।
इनफ इज इनफले गरेको आन्दोलनपछि सरकारले आरडीटटी परिक्षण रोक्ने सहमति गरेको थियो । पिसिआर परीक्षणको दायरा बढाउन र आरडिटी बन्द गर्न विभिन्न विज्ञहरुले समेत सुझाव दिँदै आएका थिए ।