धनगढी पोष्ट
शनिबार, ३० चैत २०८१ मा प्रकाशित
धनगढी । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशले आज एक घोषणापत्र सार्वजनिक गर्दै सुदूरपश्चिमका पत्रकारहरूका समस्या, चुनौती र समाधानका उपायहरू प्रस्तुत गरेको छ।
नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष भरत बहादुर शाहको अध्यक्षतामा सम्पन्न बैठक तथा सातवटै जिल्लाका अध्यक्षरप्रतिनिधिहरूको संयुक्त भेलाले प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षा सुनिश्चित गर्न विभिन्न सात बुँदे घोषणापत्र जारी गरेको हो।
घोषणापत्रमा पत्रकार सुरेश रजकको हत्या घटनाको छानबिन गरी दोषीमाथि कारबाही र पीडित परिवारलाई क्षतिपूर्ति दिन माग गरिएको छ ।
त्यसैगरी महासंघले सुदुरपश्चिमका आठ जिल्लामा निर्माण भएका भवनको व्यवस्थापन गरि संचालन र भवन निर्माण नभएका तथा निर्माण सुरु भएर अवरुद्द भएका जिल्लाका शाखाको भवन निर्माणका लागी बजेट विनियोजन गर्न प्रदेश सरकार र स्थानीय तहसंग आग्रह गरेको छ।
घोषणापत्रमा पत्रकारिता क्षेत्रको समग्र सुधार र सुदूरपश्चिमका सञ्चारकर्मीको हकहित सुनिश्चित गर्न तत्काल कदम चाल्न सरकारलाई आग्रह गरिएको छ।

