धनगढी पोष्ट मङ्गलबार, ०२ बैशाख २०८२   April 15, 2025

कैलालीको एक घरमा आगलागी

कैलालीको एक घरमा आगलागी

धनगढी । कैलालीको एक घरमा आगलागी भएको छ। जिल्लाको गोदावरी नगरपालिका-६ चौधरी टोल बस्ने मानसिक सन्तुलन बिग्रेको २७ वर्षीय अनिलबहादुर चौधरीले आफ्नै घरमा आगो लगाउदा शनिवार आगलागी भएको हो।

आगलागी हुँदा अन्न, काठ, लत्ताकपडा जलेर अन्दाजी २ लाख पचास हजार बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।