धनगढी पोष्ट बुधबार, ०३ बैशाख २०८२   April 16, 2025

धनगढी हाफ म्याराथुनको उपाधि आर्मीका खडकालाई

धनगढी हाफ म्याराथुनको उपाधि आर्मीका खडकालाई

धनगढी । नयाँ वर्षको उपलक्ष्यमा धनगढी जेसीजद्वारा आयोजना गरिएको ‘चैतन्या धनगढी दौडिन्छ २०२५’ हाफ म्याराथनको उपाधी नेपाली सेनाका खडकबहादुर खडकाले हात पारेका छन ।

उनले २१ दशमलब एक किलोमिटरको दुरी एक घण्टा तीन मिनेट २१ सेकेण्डमा पार गर्दै ७५ हजार रकम हात पार्न सफल भए । खडका त्रिभुवन आर्मी क्लबका हुन ।

यस्तै, सोही क्लबका राजन रोकायाले निर्धारित दुरी एक घण्टा छ मिनेट सात सेकेण्डमा पुरा गरि द्धितिय बन्न सफल भए । उनले उपविजेता रोकायाले ५० हजार नगद पाउन सफल भए ।

एक घण्टा १० मिनेटमा निर्धारित दुरी पार गर्दै आर्मीका नरेन्द्र सिंह रावत तेस्रो बन्न सफल भए । उनलाई आयोजकले नगद २५ हजार रुपैयाँ प्रदान गरे ।

यस्तै आयोजकले तीन विधामा गरेको हाफ म्याराथुनको कर्पोरेट महिलातर्फको विद्यामा लक्ष्मी भट्ट प्रथम, कमला बडवाल द्धितिय र शान्ता वली तृतिय भईन भने पुरुषतर्फको विद्यामा क्रमशः विक्रम पार्की, देवेन्द्र चन्द र चन्द नाथ छन ।

उनीहरुलाई नगद सात हजार पाँच सय, उपविजेताले नगद पाँच हजार र तेस्रो हुनेले नगद दुई हजार पाँच सय प्रदान गरिएको थियो ।