पहिरोले डोटीका ३५ परिवार विस्थापित

पहिरोले डोटीका ३५ परिवार विस्थापित
filephoto

धनगढी

 बर्षा सुरु भएसंगै आएको पहिरोका कारण डोटीको एउटै स्थानीय तहका ३५ परिवार घरवार बिहीन भएका छन्

 पहिरोमा परी घर भत्कने तथा पहिरोको जोखिममा परेका ३५ परिवार विस्थापित भएका जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको

 बर्षा संगै आएको पहिरोका कारण डोटीको सायल गाउँपालिका वडा नम्बर भुर्केलाका ३५ परिवार विस्थापित भएका हुन् सो गाउँको दुई तर्फबाट पहिरो आएके थियो स्थानीयका अनुसार गाउँ माथीबाट एउटा गाउँको मुनीबाट अर्को पहिरो गएपछि सिंगो गाउँनै विस्थापित भएको हो

 लगातार परेको पानीका कारण पहिरोले गाउँ नै जोखिममा पारेपछि घर छोडेर गाउँ नजिकै रहेको अग्लो डाँडामा अस्थाई वास्स्थान निर्माण गरेर बस्नुपरेको स्थानीय धर्मराज जोशीले बताए एक साता देखी लगातार भइरहेको लगातारको बर्षाका कारण गाउँमाथी तलबाट पहिरो आएको उनले भने-दुवै तर्फबाट पहिरो आएपछि बस्ती बग्ने डरले गाउँ छोडेर भागेका हौं, अहिले डाँडामा त्रिपाल टाँगेर बसिरहेका छौं

भुर्केला गाउँको चारैतिर पहिरो झरेकाले स्थानीयबासीमा त्रास उत्पन्न भएको स्थानीय तेज डुम्रेलले बताए गाउँमाथिबाट कुनै पनि बेला पहिरो खस्ने भएकाले गाउँबासीलाई सुरक्षित ठाउँमा सार्नु पर्ने स्थानीयको माग रहेको  

 विस्थापित भएकाहरु रातभरि जागै बस्ने गरेका छन् गाउँमाथिबाट कुनै पनि बेला पहिरो खस्न सक्ने भन्दै उनीहरुले सुरक्षित ठाउँमा सार्न माग गरेका छन्