धनगढी पोष्ट
मङ्गलबार, ०२ बैशाख २०८२ मा प्रकाशित
धनगढी । कैलालीमा रानीजमरा कुलरिया सिचाइ आयोजनाको नहरमा डुबेर बेपत्ता बालिकाको शव भेटिएको छ।
जिल्लाको लम्कीचुहा नगरपालिका–३ को बल्चौर सोमवार नहरमा नुहाउने क्रममा डुबेर बेपत्ता ९ वर्षीय खुसी वादीको शव मंगलबार बिहान फेला परेको प्रहरीले जनाएको छ।
वादीको शव विद्युत् इन्टेकमा अड्किएको अवस्थामा भेटिएको छ। उनको शव परीक्षणका लागि टिकापुर अस्पताल पठाइएको छ।