धनगढी पोष्ट
बिहिबार, ०४ बैशाख २०८२ मा प्रकाशित
धनगढी । कैलालीको धनगढीमा रागोँले हानेर एक किशोरीलाई गम्भीर घाइते बनाएको छ ।
धनगढी उपमहानगरपालिका–१७ को पथरी बस्ने १५ वर्षीया ज्वती चौधरी घरमा पालेको रागोँले हानेर गम्भीर घाइते भएकी हुन् ।
घाइते किशोरीको निसर्ग हस्पिटलको आईसीयूमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।