धनगढी पोष्ट बुधबार, १५ असोज २०८३   September 30, 2026

शिक्षकमाथि यौन दुर्ववहारको आरोप

शिक्षकमाथि यौन दुर्ववहारको आरोप

धनगढी । कैलालीको धनगढीका एक शिक्षकमाथि यौन दुर्ववहारको आरोप लागेको छ।

सिटीइभिटी परीक्षाका बेला धनगढीको पञ्चोदय माध्यमिक विद्यालयमा शिक्षकले गोप्य अंग छोएको भन्दै प्रहरीमा उजुरी परेको छ।

परीक्षामा चिट चेकिङको बाहाना बनाएर पञ्चोदय माध्यमिक विद्यालय केन्द्रमा आफूसहित अन्य केटी साथीहरुको गोप्य अंग छोएर यौन दुव्र्यवहार गरेको भन्दै एक किशोरीले उजुरी दिएकी हुन्।

किशोरीले अनलाइनमार्फत प्रहरी प्रधान कार्यालयमा उजुरी गरेकोमा बुुधवार मात्र कैलाली प्रहरीसम्म उक्त उजुरी आइपुगेको छ।

जिल्ला प्रहरी कार्यालयले उक्त उजुरीका सम्बन्धमा अनुसन्धान अघि बढाएको जानकारी दिएको छ।

प्रहरीले विद्यालयका शिक्षक र एसईईका बेला उक्त परीक्षा केन्द्रमा खटिएकाहरुसँग सोधपुछ गर्ने तयारी गरेको छ।


ट्रेन्डिङ