धनगढी पोष्ट शनिबार, ०६ बैशाख २०८२   April 19, 2025

सुदूरपश्चिममा दुई लाख १० हजार बढी बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

सुदूरपश्चिममा दुई लाख १० हजार बढी बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

धनगढी । सुदूरपश्चिममा दुई लाख १० हजार चार सय ४४ जना बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुलसँगै जुकाको औषधि खुवाइँदै छ । प्रदेशका नौ जिल्लामा सो संख्यामा बालबालिकालाई शनिबार र आइतबार भिटामिन ‘ए’ क्याप्सुलसँगै जुकाको औषधि खुवाइन लागेको हो । 

स्वास्थ्य निर्देशनालय डोटीका पोषण कार्यक्रमका फोकल पर्सन मिनराज जोशीका अनुसार लक्ष्य अनुसार सबै बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुलसँगै जुकाको औषधि खुवाइने छ । 

सुदूरपश्चिममा ६ महिनादेखि ११ महिनासम्मका २६ हजार ४४ जना बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने छ, भने १२ महिनादेखि ५९ महिनासम्मका एक लाख ८४ हजार चार सय जना बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुलसँगै जुकाको औषधि खुवाइने स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ । 

उनका अनुसार सबै भन्दा बढी कैलालीमा ६२ हजार चार सय नौ जना बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुलसँगै जुकाको औषधि खुवाइने छ, भने सबै भन्दा कम दार्चुलामा नौ हजार नौ सय चार जना बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुलसँगै जुकाको औषधि खुवाइने छ ।

उनले कञ्चनपुरमा ३७ हजार पाँच सय ५४ जना बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुलसँगै जुकाको औषधि खुवाइने बताए । 

फोकल पर्सन जोशीका अनुसार अछाममा २१ हजार ६२ जना बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुलसँगै जुकाको औषधि खुवाइने छ, भने बैतडीमा २० हजार सात सय १८ जना बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुलसँगै जुकाको औषधि खुवाइने छ ।

उनले डोटीमा १९ हजार ८० जना, बाजुरामा १२ हजार तीन सय ४३ जना र बझाङमा १५ हजार छ सय ५१ जना बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुलसँगै जुकाको औषधि खुवाइने बताए । डडेल्धुरामा ११ हजार सात सय २५ जना बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुलसँगै जुकाको औषधि खुवाइने उनले बताए । 

फोकल पर्सन जोशीका अनुसार बालबालिकालाई औषधि खुवाउनका लागि छ हजार ६५ जना महिला स्वास्थ्य स्वयम्सेविका परिचालन गरिएको छ ।