धनगढीको नाष्ट कलेजले मनायो २५ औँ वार्षिकोत्सव (रजत जयन्ती) तथा अभिभावक दिवस

धनगढीको नाष्ट कलेजले मनायो २५ औँ वार्षिकोत्सव (रजत जयन्ती) तथा अभिभावक दिवस

धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर ४ उत्तरबेहडीमा रहेको नेशनल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी (नाष्ट) ले आफनो २५ औँ वार्षिकोत्सव (रजत जयन्ती) समापन तथा अभिभावक दिवस मनाएको छ ।

विद्यालयले शुक्रवार एक कार्यक्रमका बीच आफनो २५ औँ वार्षिकोत्सव रजत जयन्ती तथा अभिभावक दिवस मनाएको हो । 

No description available.

नेशनल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजीका सञ्चालक समितिका अध्यक्ष डा.चेतराज पन्तको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँ रहेको थिए । 

No description available.

हाल नाष्ट माध्यमिक विद्यालयको कक्षा ११ र १२ मा एक हजार एक सय ५० जना स्नातक तहमा सात सय ७० जना र स्नाकोत्तर तहमा ११ जना विद्यार्थीहरु अध्ययनरत रहेका छन् । 

No description available.

कार्यक्रममा विभिन्न अतिरिक्त क्रियाकलापमा सफलता हासिल गर्ने विद्यार्थीहरुलाई प्रमाणपत्र र मेडलबाट पुरस्कृत गरिएको थियो ।

No description available.

कार्यक्रममा नाष्ट माध्यमिक विद्यालयका प्रचार्य उपेन्द्रबहादुर बमले कलेजका गतिविधिका साथै स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन कलेजका विद्यार्थीहरु जानकी जोशी र विवेक पनेरुले गरेका थिए । 

No description available.