धनगढी पोष्ट
शनिबार, ०६ बैशाख २०८२ मा प्रकाशित
धनगढी । बैतडीमा अटो दुर्घटनामा घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ।
जयपृथ्वी राजमार्ग अन्तर्गत ढोल्यामोडमा ३० चैतमा सुदूरपश्चिम प्रदेश ०१००१ ह ६५७९ नम्बरको अटो दुर्घटनामा घाइते भएका सिगास गाउँपालिका–९ बाजपानीका २५ वर्षीय अन्तराम विष्टको मृत्यु भएको हो ।
विष्टको धनगढीको माया मेट्रो अस्पतालमा उपचारका क्रममा शुक्रवार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ । अस्पतालको सघन उपचार कक्ष आईसीयूमा विष्टको शुक्रवार मृत्यु भएपनि शव उठ्न सकेको छैन।
कैलाली प्रहरीले मृतक र दुर्घटनामा परेको अटो धनी पक्षबिच छलफल चलीरहेकाले अहिलेसम्म शव नबुझेको बताएको छ। अटो दुर्घटनामा अन्य दुई जना पनि घाइते भएका थिए।
जिल्ला प्रहरी कार्यालय बैतडीले दुर्घटनामा बझाङको बित्थडचिर गाउँपालिका–२ का ४० वर्षीय गम्भीर बोहरा र ५० वर्षीय हर्कबहादुर बोहरा पनि घाइते भएका बताएकोछ। उनीहरूको डडेल्धुरामा उपचार भइरहेको छ।