धनगढी पोष्ट शनिबार, ०३ माघ २०८२   January 17, 2026

कञ्चनपुरमा अबैध काठ बरामद

कञ्चनपुरमा अबैध काठ बरामद

कञ्चनपुर । कञ्चनपुरमा अबैध काठ बरामद गरिएको छ। जिल्लाको शुक्लाफाटा नगरपालिका–११ कलुवापुरमा सोही ठाउ बस्ने ४० वर्षीय बिरेन्द्रबहादुर ऐरले संचालन गर्दै आएको श्री बेताल समिल एण्ड फर्निचर उद्योगको हाताभित्र अवैध रुपमा राखिएको अंदाजी मुल्य ३ लाख ८८ हजार ३५० बराबरको साल जातको ९ गोलिया (७७.६७ क्यु फिट) काठ प्रहरीले आइतवार बरामद गरेको हो।

उक्त काठ इलाका प्रहरी कार्यालय झलारी कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई सब डिभिजन वन कार्यालय शुक्लाफाटा कञ्चनपुरलाई बुझाएको छ।