धनगढी पोष्ट
सोमबार, ०८ बैशाख २०८२ मा प्रकाशित
धनगढी । धनगढीका दुई किशोर लागूऔषधसहित पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–२ भन्सार नजिकबाट बा ६४ प ९३४२ नम्बरको मोटरसाईकलमा सवार धनगढी उपमहानगरपालिका–१३ बस्ने दुई जना किसोर आइतवार पक्राउ परेका हुन्।
उनीहरुलाई ७ ग्राम ७२० मिलिग्राम लागुऔषध (खैरो हेरोइन) सहित लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।