धनगढी पोष्ट
मङ्गलबार, ०९ बैशाख २०८२ मा प्रकाशित
धनगढी । कैलालीबाट लागुऔषधसहित तीन जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–२ भन्सार नजिकबाट एक नाबालक सहित २ जना र धनगढी उपमहानगरपालिका–१३ राजपुरबाट एक जनालाई प्रहरीले पक्राउ गरेको हो।
धनगढी उपमहानगरपालिका–१३ निङ्गलासैनी टोल बस्ने ३० वर्षीय निशान्त घर्तीमगरलाई प्रहरी चौकी कैलालीगाउँबाट खटिएको प्रहरीले धनगढी उपमहानगरपालिका–१३ राजपुरबाट १०० मिलिग्राम खैरो हेरोईनसहित सोमवार पक्राउ गरेको हो।
यस्तै जिल्ला प्रहरी कार्यालयको अपराध अनुसन्धान समुह, लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी र प्रहरी चौकी त्रिनगरबाट खटीगएको संयुक्त प्रहरी टोलीले भन्सार नजिकबाट एक नाबालक सहित २ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ।
बा ६४ प ९३४२ नम्बरको मोटरसाईकललाई शंका लागि चेकजाँच गर्दा मोटरसाईकलको पछाडी सवार नाबालकको खल्तीमा लुकाई–छिपाई राखेको अवस्थामा ७ ग्राम ७२० मिलिग्राम लागुऔषध बरामद गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मोटरसाईकल चालक उपमहानगरपालिका–१३ बस्ने १८ वर्षीय भुपेन्द्र राना र मोटरसाईकलको पछाडी सवार नाबालकलाई नियन्त्रणमा लिईएको छ।