धनगढी पोष्ट मङ्गलबार, ०९ बैशाख २०८२   April 22, 2025

कैलाली र कञ्चनपुरबाट पाँच लाख बढीका सामान बरामद

कैलाली र कञ्चनपुरबाट पाँच लाख बढीका सामान बरामद

धनगढी । कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले ५ लाख बढीका अवैध भन्सार छलिका सामान बरामद गरेको छ ।

सोमबार कैलालीका धनगढी, गोदावरी, जोशिपुर र टीकापुरबाट तथा कञ्चनपुरको भिमदत्त नगरपालिकाक्षेत्रबाट प्रहरीले ५ लाख ७५ हजार ५१० रुपैया बराबरका सामान बरामद गरेको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार कैलालीको धनगढी उपमहानगरपालिका– ३ पुरानो होन्डा स्वरुम नजिक, वडा नं ७ मनेहरा, वडा नं १४ डि गाउँ तथा गोदावरी नगरपालिका– ४ बनदेवी मन्दिर नजिक, जोशिपुर गाउँपालिका– १ पिपरकोटी र टीकापुर नगरपालिका– ९ बालुवाटारबाट अन्दाजी ३ लाख ३२ हजार ८१० रुपैय बराबरका सामान बरामद गरिएको हो ।

बरामद गरिएका सामानहरुमा चिनि, बिडी, सुर्ती, गुट्खा, छिद्रा माछा, श्रृंगारको सामान, खेलौना, थानको कपडा, नल्का बनाउने सामान, नट बोल्टहरु, प्लाष्टिक झोला लगायत रहेका प्रहरीले जनाएको छ ।

यस्तै कञ्चनपुरको भिमदत्त नगरपालिका– ११ भुजेला र वडा नं। १७ बासखेडाबाट अन्दाजी २ लाख ४२ हजार ७०० रुपैया बराबरका जुत्ता, कपडा, हार्डवेयरका तथा किराना लगायतका सामानहरु बरामद गरिएको बताईएको छ ।