धनगढी पोष्ट
बिहिबार, ११ बैशाख २०८२ मा प्रकाशित
धनगढी । कैलालीको धनगढी र टीकापुरबाट लागूऔषधसहित ३ जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–१५ कनरीगाउँबाट ६० मिलिग्राम लागूऔषधसहित धनगढी उपमहानगरपालिका–७ बेली बस्ने २६ वर्षीय तिर्थराज राना पक्राउ परेका हुन्। रानालाई प्रहरी चौकी कनरीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।
यस्तै टीकापुर नगरपालिका–१ ब्लक नम्बर–९ स्थित सडकखण्डबाट सोही ठाउँ ३२ वर्षीय सुमित साउद र ब्लक नम्बर–१२ बस्ने २८ वर्षीय शाहिल शाह पक्राउ परेका छन्।
यी दुबै जनालाई ३२० मिलिग्राम लागूऔषधसहित इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ। बुधवार पक्राउ परेका यी तीनै जनामाथि थप अनुसन्धान भईरहको प्रहरीले जनाएको छ।