धनगढी पोष्ट
शुक्रबार, १२ बैशाख २०८२ मा प्रकाशित
डडेल्धुरा । डडेल्धुरामा आगलागीबाट एक घर जलेर नष्ट भएको छ। जिल्लाको परशुराम नगरपालिका-१० दुम्सीजला बस्ने लक्ष्मण बुढाको घरमा बिद्युत सर्ट भई आगलागी आज बिहान ३ः५० बजे आगलागी भएको हो।
आगलागी हुँदा घर र घर भित्र रहेका खद्यान्न, भाँडाबर्तन, लत्ताकपडा, काठ लगायतका सामान गरी अन्दाजी मुल्य ५ लाख १७ हजार बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।