धनगढी पोष्ट आइतबार, १४ बैशाख २०८२   April 27, 2025

प्रदेश प्रमुख मियाँ र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहबीच भेट

प्रदेश प्रमुख मियाँ र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहबीच भेट

धनगढी । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँ र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहबीच भेट भएको छ ।

शनिबार प्रदेश प्रमुखको निवासमा प्रदेश प्रमुख मियाँ र मुख्यमन्त्री शाहबीच भेट भएको हो । भेटमा मुख्यमन्त्री शाहले प्रदेश सरकारको कामकारबाही, भारत भ्रमणका सम्बन्धमा प्रदेश प्रमुखलाई जानकारी जानकारी दिए ।

उनीहरु बीच र संसद सूचारु गर्ने विषयमा छलफल भएको थियो । भारत सरकारको निमन्त्रणमा बैशाख १६ गते देखि २२ गतेसम्म मुख्यमन्त्री शाह सहितको १० जनाको टोली भारत जाने कार्यक्रम तय भएको छ ।