धनगढी पोष्ट मङ्गलबार, १६ बैशाख २०८२   April 29, 2025

धनगढीमा साढे २ किलो चरेससहित महिला पक्राउ

धनगढीमा साढे २ किलो चरेससहित महिला पक्राउ

धनगढी । कैलालीको धनगढीमा एक महिला साढे २ किलोग्राम चरेससहित पक्राउ परेकी छन्। जिल्लाको धनगढी उपमहानगरपालिका–३ बोराबाँडीबाट बेलमती बोहरा पक्राउ परेकी हुन्।

कैलालीको गौरीगंगा नगरपालिका–८ की ५३ वर्षीय बोहराको साथबाट २ किलोग्राम ५८० ग्राम चरेस फेला परेको कैलाली प्रहरीले बताएको छ।

वडा प्रहरी कार्यालय, धनगढी र लागु औषध ब्युरो शाखा कार्यालय, धनगढीको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो।