धनगढी पोष्ट शुक्रबार, १९ बैशाख २०८२   May 2, 2025

कैलालीमा गोरुले हान्दा एकको मृत्यु

कैलालीमा गोरुले हान्दा एकको मृत्यु

धनगढी । कैलालीमा गोरुले हान्दा एक जनाको मृत्यु भएको छ। जिल्लाको कैलारी गाउँपालिका–३ हसुलिया बस्ने ७८ वर्षीय भुखाली डगौरा थारूलाई घरमै पालेको गोरुले बुधवार हान्दा गम्भीर घाइते भएका थिए।

टाउको र छातीमा गम्भीर चोट लागेका थारुको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।