धनगढी पोष्ट
बिहिबार, १८ बैशाख २०८२ मा प्रकाशित
भारत भ्रमणमा रहनु भएका सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले दिल्लीका विभिन्न क्षेत्रको अवलोकन भ्रमण गरेका छन् ।
औपचारिक भ्रमणमा रहनु भएका मुख्यमन्त्री शाहले बुधबार यमुना नदीको पश्चिमी किनार राजघाटमा महात्मागान्धी समाधिस्थलमा माल्यारोपण तथा श्रद्धाञ्जली ब्यक्त गरे । त्यसैगरी बुधबार नै मुख्यमन्त्री शाहले भारतका लागि नेपाली राजदुत शंकर शर्मासँग दुतावासमा स्वागत भेटघाटमा सरिक भएका छन् ।
पुर्वनिर्धारित कार्यतालिका अनुसार स्वामी बिबेकानन्द अन्तररास्ट्रिय फाउन्डेसनसँग अन्तरक्रियामा सहभागी भएका मुख्यमन्त्री शाहले उद्योगपतिसँगको छलफलमा प्रदेश सरकारले आयोजना गर्न लागेको लगानी तथा बिकास सम्मेलनवारे जानकारी गराए । मुख्यमन्त्री शाहले दिल्लीको मेट्रो रेल वे स्टेसन र लोक सभा र राज्य सभाको समेत अवलोकन गरे ।
भारत सरकारको निमन्त्रणामा बैशाख १६ गते मुख्यमन्त्री शाह नेतृत्वको उच्चस्तरीय सरकारी टोली एक साताको लागि त्यसतर्फ प्रस्थान गरेको थियो ।