धनगढी पोष्ट
शुक्रबार, १९ बैशाख २०८२ मा प्रकाशित
धनगढी । सुदूरपश्चिम प्रदेश सरकार लगानी तथा विकास सम्मेलनको तयारीमा जुटेको छ । प्रदेश सरकारले यही असोज १ र २ गते लगानी तथा विकास सम्मेलन गर्न भएको हो ।
सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले लगानी तथा विकास सम्मेलनको प्रारम्भिक तयारीदेखि विभिन्न समितिहरू गठन गर्ने देखि सचिवालय व्यवस्थापनका कामहरू अगाडी बढेको बताए ।
मुख्यमन्त्री शाह भने, ‘सचिवालयले आफ्नो नियमित काम कारबाहीहरू अगाडि बढाएको छ । हामीले यसै बिचमा अवधारणा पत्र पनि अन्तिम चरणमा रहेको छ ।
अवधारण पत्र निर्माण गर्न कुरा र त्यसका साथ साथै हामीले लगानी सम्मेलनको पूर्व तयारीका सन्दर्भमा जेठ २१ गते हामी प्रिसमिट राख्दै छौँ । पूर्व तयारी बैठक राख्दै छौँ । त्यो बैठकलाई विशेष महत्वका साथ लिएका छौँ ।’
फाल्गुन २१ सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषदस्तरिय निर्णयले २०८२ असोज १ र २ गते गर्ने लगानी तथा विकास सम्मलेन धनगढीमा गर्ने निर्णय गरेको थियो ।
आत्मनिर्भर अर्थतन्त्र निर्माणको लागि स्वदेशी तथा विदेशी लगानीलाई आकर्षित गरी लगानीमैत्री वातावरण सिर्जना गर्न आवश्यक नीतिगत, कानुनी र कार्यक्रम व्यवस्था गर्न, नीतिगत, कानुनी र संरचनागत सुधार गरी सार्वजनिक–निजी सहकार्यलाई प्रोत्साहन गरिने लगायतका यस सम्मेलनको उद्देश्य रहेको छ ।
सम्मेलन सफलतापूर्वका सम्पन्न गर्नका लागि मुख्यमन्त्री शाहको संयोजकत्वमा मूल आयोजक समिति, पराराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको संयोजकत्वमा सल्लाहकार समिति, मुख्यमन्त्री शाहको संयोजकत्वमा मूल निर्देशक समिति, पूर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावलको संयोजकत्वमा समन्वय तथा सहजीकरण समिति, आर्थिक मामिला मन्त्री बहादुर सिंह थापाको संयोजकत्वमा कार्यकारी समिति गठन गरिएको छ ।
उनका अनुसार त्यो बैठकमा हामीले प्रारम्भिक चरणमा हामी सँग रहेका योजनाहरू सुदूरपश्चिममा कुन–कुन क्षेत्रहरू महत्त्वपूर्ण हुन्छ । र कुन–कुन सेक्टरको कुन योजनाहरू तहे गर्न सकिन्छ । त्यो सबैको पहिचान गरेर प्रतिसमिटका प्रस्तुत रहने छ ।
‘प्रिसमिटमा विशेष गरी हामीले विकास साझेदार संस्थाहरूलाई हामीले कन्टीहेटलाई आमन्त्रण गर्न कुरा अगाडि बढाएका छौँ । सबैलाई पत्राचार भइसकेको छ । त्यसमा हामीले मित्र राष्ट्रहरूका प्रतिनिधीहरुलाई पनि राजदूतावास मार्फत हामीले आम तरण गरेका छौँ,’ मुख्यमन्त्री शाहले भने ।
उनले मित्र राष्ट्रबाट पनि सम्वधित राजदूतावासबाट प्रतिनिधिहरू आउने वातावरणका लागि आफूहरूले सबै पत्राचारदेखि लिएर सबै प्रक्रिया अगाडि बढाएको बताए ।
मुख्यमन्त्री शाहले भने, ‘पूर्व तयारी सम्मेलन बैठकमा हामीले हाम्रो योजना र हामीले आयोजनाहरूको पनि पहिचान गरेर राखिसकेपछि त्यसमा विकास साझेदार संस्थादेखि लिएर निजी क्षेत्रदेखि लिएर अरू बिग हाउसेसहरुदेखि लिएर हाम्रो विदेशी लगानी कर्तादेखि लिएर सबैले त्यो हामीले प्रस्तुत गरेको आयोजनाहरूमा लगानी गर्न समय सम्ममा उहाँहरूको केही न केही प्रतिबद्धता आउँछ ।’
उनका अनुसार यी–यी आयोजनाहरूमा हाम्रो लगानी हुन्छ, भने कुराहरू उहाँहरूले राख्नु हुनेछ । भने उद्देश्यका साथ हामीले प्रिसमिटको तयारी अगाडि बढाइएको छ ।