धनगढी पोष्ट
शनिबार, २० बैशाख २०८२ मा प्रकाशित
नेपाल नेत्र ज्योति संघ जिल्ला शाखा कैलालीको २७ औ जिल्ला सभा शनिबार धनगढीमा सम्पन्न भएको छ ।
सो अवसरमा सुदुरपश्चिम प्रदेशका सामाजिक बिकास मन्त्री मेखराज खड्काले आँखाको उपचारको सृवा पुरयाउन नेत्रज्योति संघको महत्वपुर्ण भुमिका रहेको बताए । धेरै पहिलेदेखि नेत्रज्योति संघले प्रदान गरेको आखा उपचारको सेवा सुदुरपश्चिम प्रदेशको स्वास्थ्यमा निकै महत्वपुर्ण रहेको मन्त्री खड्काले बताए ।
आखाको उपचारलाई पनि स्वास्थ्य बीमासँग जोडेर लैजानुपर्ने मन्त्री खड्काले बताए ।
सुदुरपश्चिम प्रदेश सभाको सामाजिक बिकास समितिका सभापति धर्मराज पाठकले गेटा आखा अस्पतालले प्रदेशकै लागि निकै नमुनाको काम गरेको बताए । आखा उपचारको सेवा अझै बढी बिस्तार गर्न आवश्यक रहेको सभापति पाठकले बताए ।
नेपाल नेत्रज्योति संघका केन्द्रिय सस्य दिव्य प्रसाद पन्तले नेत्रज्योति संघले आखाको उपचार सेवालाई अझै बिस्तार गरेर लैजान खोजेको बताए ।
नेपाल नेत्रज्योति संघ सुदुरपश्चिम प्रदेश समितिका उपाध्यक्ष भुपेन्द्र थापाले सुदुरपश्चिमका बासिन्दा उपचारका लागि भारतका बिभिन्न ठाउमा र काठमाण्डौ गइरहेको भए पनि आखाको उपचारका लागि भने धनगढी आइरहेको बताए ।
गेटा आखा अस्पतालले अस्पताल र शिविर मार्फत प्रदेशका नौ वटै जिल्लामा आखाको उपचार सेवा दिइरहेको बताए ।
नेपाल नेत्रज्योति संघ कैलालीका अध्यक्ष लोकराज जोशीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष यज्ञराज चौधरीले व्यक्त गरेका थिए । सचिव नरेन्द्र राज शर्माले संचालन गरेको उक्त कार्यक्रममा कोषाध्यक्ष केडी भट्टले आर्थिक प्रतिवेदन र गेटा आखा अस्पतालकी डेपुटी डाइरेक्टर डा. सुजाता भण्डारीले गेटा आखा अस्पतालले प्रदान गरेको सेवा बारेमा जानकारी दिएकी थिइन् ।
सो अवसरमा लामो समयदेखि नेत्रज्योति सघमा रहेर महत्वपुर्ण भुमिका निर्वाह गरेको भन्दै संघका आजीवन सदस्यहरु दिर्घराज जोशी र भोजराज जोशीलाई सम्मानित गरिएको थियो ।