धनगढी पोष्ट आइतबार, २१ बैशाख २०८२   May 4, 2025

सृजनशील सहकारीद्धारा कर्मचारीहरुलाई  ऋण व्यवस्थापन तालिम सँचालन

सृजनशील सहकारीद्धारा कर्मचारीहरुलाई  ऋण व्यवस्थापन तालिम सँचालन

सृजनशील बचत तथा ऋण सहकारी संस्था लिमिटेडले संचालन गरेको  ऋण व्यवस्थापन तालिम शनिबार धनगढीमा सम्पन्न भएको छ । जर्मन सरकार र युरोपियन युनियनको आर्थिक सहयोगमा जिआइजेड र यसका साझेदार ंसंस्थाहरुद्धारा संचालन भैरहेको  रिप ग्रीन परियोजना अन्तर्गत दुई दिनसम्म संचालन भएको उक्त तालिममा सृजनशील सहकारीका ४५ कर्मचारीको सहभागिता रहेको थियो ।

अहिलेको अवस्थामा कर्मचारीहरुलाई दक्ष बनाएर ऋण लगानी गर्न र लगानी असुल गर्न  तालिम संचालन गरिएको सृजनशील बचत तथा ऋण सहकारीका कार्यकारी प्रमुख मदन भट्टले बताए ।

सहकारीको बिकास र सफलतामा महत्वपुर्ण भुमिका हुने कर्मचारीहरुको क्षमता अभिबृद्धिका लागि  सहकारीले बिभिन्न कार्यक्रमहरु गदै आएको छ ।’ कार्यकारी प्रमुख भट्टले भने  ‘कर्मचारीलाई दक्ष बनाएर ऋणको लगानी र असुलीको सही व्यवस्थापन गर्न तालिम संचालन गरेका हौं ।’

निमित्त सहकारी रजिष्टार  देवराज पन्तले  बचत तथा ऋण सहकारीहरु मध्य सृजनशील सहकारीमा सुदुरपश्चिममा सबै भन्दा बढी बचत र ऋण कारोवार रहेको बताए ।

सृजनशीलले असल काम गरेको र आगामी दिनमा अझै राम्रो भएर जान आवश्यक रहेको पन्तले बताए ।

राष्टिय सहकारी बैंकका सुदुरपश्चिम प्रमुख दिनेश गेलालले  सहकारीमा नियमित कारावार गरिरहेकाहरुलाई  ऋण दिंदा असुली पनि सहज रुपमा हुने गरेको बताए । ऋण लिनकै लागि शेयर सदस्यता लिनेहरुलाई सदस्यता लिएको निश्चित समयपछि मात्र ऋण दिने व्यवस्था गरेमा र पहिलो किस्ता नआउने बित्तिकै  सक्रियता बढाएमा असुली हुने सम्भावना बढी रहने गेलालले बताए ।

सृजनील सहकारीका अध्यक्ष शिवराज भट्टले सहकारी ठुलो हुदै गएकोले यसलाई अझै बलियो बनाउन कर्मचारीहरुलाई क्षमता बृिद्धमा लगानी बढाउने बताए ।

सहकारीका अध्यक्ष शिवराज भट्टको अयक्षतामा भएको उक्त कार्यक्रममा प्रशिक्षक तेज प्रसाद बजगाई, सहभागी दिपा रावल लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम संचालन सहकारीका कार्यकारी प्रमुख मदन भट्टले गरेका थिए ।