धनगढी पोष्ट 
                                आइतबार, २१ बैशाख २०८२  मा प्रकाशित
                            
                         
                        
                     
                    
                        धनगढी । कैलालीमा खैरो हेरोइनसहित एक किशोर पक्राउ परेका छन्। जिल्लाको टीकापुर नगरपालिका-९ खक्रौला चेक पोष्टबाट जानकी गाउँपालिका-९ खैरिफाँटा बस्ने १८ वर्षीय किशोरलाई ५ ग्राम ३२० मिलिग्राम लागूऔषध (खैरो हेरोइन)सहित प्रहरीले पक्राउ गरेको छ।
किशोरलाई इलाका प्रहरी कार्यालय टीकापुर र प्रहरी चौकी कालाकुण्डाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।