धनगढी पोष्ट सोमबार, २२ बैशाख २०८२   May 5, 2025

धनगढीमा लागूऔषधसहित तीन जना पक्राउ

धनगढीमा लागूऔषधसहित तीन जना पक्राउ

धनगढी । धनगढीमा लागूऔषधसहित तीन जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–२ त्रिनगर स्थित सुदूरपश्चिम प्रदेश ०१०१२ प ४२२५ नम्बरको मोटरसाइकललाई भारतबाट नेपाल तर्फ आइरहेको अवस्थामा चेकजाँच गर्दा चालक गोदावरी नगरपालिका–९ बस्ने ३२ वर्षीय दिपेश चौधरी, मोटरसाइकल पछाडी सवार धनगढी उपमहानगरपालिका–७ बस्ने ३० वर्षीय सुरेश चौधरी र १५ वर्षीय किशोर पक्राउ परेका हुन् ।

उनीलाई १ ग्राम ७४० मिलिग्राम लागूऔषध (खैरो हेरोइन) र मोटरसाइकलसहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।