धनगढी पोष्ट
सोमबार, २२ बैशाख २०८२ मा प्रकाशित
धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको प्रमुखमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) डम्बरबहादुर बिक आउने भएका छन् ।
प्रहरी प्रधान कार्यालयले साईबर ब्युरोमा कार्यरत रहेका बिकको सरुवा गर्दै सुदूरपश्चिमको जिम्मेवारी दिन लागिएको हो ।
यसअघि सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हालिरहेका डीआईजी गणेशबहादुर चन्द सेवा निवृत्त भएपछि उक्त पद खाली रहेको थियो।