धनगढी पोष्ट सोमबार, २२ बैशाख २०८२   May 5, 2025

कैलाली र कञ्चनपुरबाट झन्डै ११ लाखका अवैध सामान बरामद

कैलाली र कञ्चनपुरबाट झन्डै ११ लाखका अवैध सामान बरामद

धनगढी । कैलाली र कञ्चनपुरको विभिन्न स्थानहरूबाट प्रहरीले भन्सार छली गरि ल्याएका झण्डै ११ लाख रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिएको छ।

कैलालीको धनगढी उपमहानगरपालिका–१ साल ट्रेडिङ नजिक, ऐलानी ७ बेली, ऐलानी ९ त्रीवेणीघाट, कैलारी गाउँपालिका–१ मझेरा, भजनी नगरपालिका–७ हिम्मतपुर र टीकापुर नगरपालिका–७ डाँडाबोजी क्षेत्रबाट प्रहरी सामान बरामद गरेको हो।

भन्सार छलीका बिडी, सुर्ती, पेय पदार्थ, कुर्ती, रोलर ब्रस, चुरन, प्लास्टिक डोरी, प्लास्टिक झिल्ली, सिद्रा माछा र मोटरसाइकल (२ थान) सहित ४ लाख ३५ हजार ७ सय बराबरका सामानहरु प्रहरीले नियन्त्रणमा लिएको छ।

यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका–११ भुजेला र बेदकोट नगरपालिका–१० सिसैया क्षेत्रबाट सामान बरामद गरिएको छ।

बञ्चनपुरबाट साडी, सुटपिस, इलेक्ट्रोनिक सामान, हाडवेयर, किराना सामग्री र मोटरसाइकल (१ थान) बराबरको ६ लाख ४३ हजार ६५० मूल्यको सामान फेला पारी नियन्त्रणमा लिएको छ। दुवै जिल्लामा बरामद गरिएका सबै सामग्रीहरू वेवारिसे अवस्थामा फेला परेका हुन्।

जिल्ला प्रहरी कार्यालय कैलाली र कञ्चनपुर मातहतका गस्ती टोलीहरूले आइतवार भारतबाट अवैध रूपमा ल्याइएका सामग्री वेवारिसे अवस्थामा फेला पारेका हुन्।