धनगढी पोष्ट 
                                सोमबार, २२ बैशाख २०८२  मा प्रकाशित
                            
                         
                        
                     
                    
                        काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका सांसद लालवीर चौधरीले पूर्वसांसद रेशम चौधरी पक्राउबारे प्रधानमन्त्री र गृहमन्त्रीले जवाफ नदिए सरकार छोड्न बाध्य हुने बताएका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा उनले मंगलबारसम्म जवाफ नदिए सरकार छोड्ने चेतावनी दिएका हुन् ।
‘भोलिकै दिनमा प्रधानमन्त्रीजी, गृहमन्त्रीजीले जवाफ दिनु भएन भने सरकार छोड्न बाध्य हुन्छौँ,’ उनले भने । सरकारमा नागरिक उन्मुक्तिबाट अरुणकुमार चौधरी पर्यटन राज्यमन्त्री छन् ।
यही १७ वैशाखमा सर्वोच्च अदालतको मुद्दा शाखामा कार्यरत अधिकृत महिमानसिंह विष्टको पत्रपछि प्रहरीले रेशमलाई प्रकाउ गरेको थियो ।
पक्राउ गरेर अपहरणको शैलीमा एकाएक डिल्लीबजार कारागार पुर्याएको रेशमका बुबासमेत रहेका सांसद चौधरीले बताए ।
सर्वोच्चका कर्मचारी विष्टको पत्र फर्जी भन्दै केही घण्टामा रेशम चौधरीलाई छाडिएको थियो ।