धनगढी पोष्ट मङ्गलबार, २९ पुष २०८२   January 13, 2026

मोटरसाइकल दुर्घटनामा परी लेकम गाउँपालिकाका शिक्षा अधिकृतको मृत्यु

मोटरसाइकल दुर्घटनामा परी लेकम गाउँपालिकाका शिक्षा अधिकृतको मृत्यु

दार्चुला । दार्चुलामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको लेकम गाउँपालिका–४ गोदाली स्थित भित्री सडक खण्डमा रिठाचौपाताबाट सोही गाउँपालिका तर्फ जाँदै गरेको लेकम गाउँपालिका–४ खर्कुच्चा बस्ने ३६ वर्षीय केशब राज ओझाको मृत्यु भएको हो। ओझा लेकम गाउँपालिकाका शिक्षा शाखा प्रमुख हुन्।

ओझाले चलाएको सुदूरपश्चिम प्रदेश ०१–००१ प ७२९ नम्बरको मोटरसाइकल चलाई रहेको अवस्थामा अचानक सडक माथिबाट ढुङ्गा खसेर उनी गम्भिर घाईते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

घाइते भएका ओझालाई उपचारको लागि गोकुलेश्वर अस्पताल दार्चुला लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको प्रहरीले जनाएको छ।