धनगढी पोष्ट बिहिबार, २५ बैशाख २०८२   May 8, 2025

तीन तहको सरकारले एक अर्काको अस्तित्व स्विकार्ने वातावरण निर्माण गर्नुपर्छ : मुख्यमन्त्री शाह

तीन तहको सरकारले एक अर्काको अस्तित्व स्विकार्ने वातावरण निर्माण गर्नुपर्छ : मुख्यमन्त्री शाह

धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले तीनतहको सम्बन्ध प्रगाढ बनाउनु पर्ने बताएका छन् ।  बिहीबार प्रदेश तथा स्थानीय शासन सवलीकरण कार्यक्रम प्रादेशिक इकाईले धनगढीमा आयोजना गरेको प्रदेश तथा स्थानिय तहबीच अन्तरसम्बन्ध सुदृढीकरण तथा वजेट सम्बन्धी छलफल कार्यक्रमको उदघाटन गर्दै उनले यस्तो बताएका हुन् । 

ूतीन तहको सरकारले एकअर्काको अस्तित्व स्विकार्ने वातावरण निर्माण गर्नु आवश्यक रहेको छू मुख्यमन्त्री शाहले भने, अर्काको अस्तित्व स्विकार्ने वातावरण नहुँदा अवस्था जटिल वन्छ ।ू बजेट निर्माणमा सधैँ हामीले त्रुटि गरिरहने र जनताले सधैँ गुनासो गरिरहने परिपाटीलाई पटक पटक दोहोर्याउने हो, भने संघीय संरचनामा हामी उभिएको व्यर्थ हुनेछ, मुख्यमन्त्री शाहले भने सही रुपमा परिचालन हुने हिसबले बजेट निर्माण गर्नुपर्दछ ।

मुख्यमन्त्री शाहले ‌एकसाताको औपचारिक भारत भ्रमण फलदायी भएको जानकारी गराए । 

प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा। जीवन रानाले कार्यसूची प्रस्तुती सहित स्वागत मन्तव्य राख्नुभएको अन्तरक्रिया कार्यक्रममा विभागिय मन्त्रीहरु, विषयगत समिति सभापतिहरु, प्रदेशसभा सदस्य, मुख्यसचिब, विभागिय सचिबहरु र सुदूरपश्चिमका सबै पालिका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको छ ।