धनगढी पोष्ट शनिबार, २७ बैशाख २०८२   May 10, 2025

धनगढीको साहारा होटल म्यानेजमेन्टद्वारा वार टेन्डर, बरिष्टा र बेकरी तालिम

धनगढीको साहारा होटल म्यानेजमेन्टद्वारा वार टेन्डर, बरिष्टा र बेकरी तालिम

धनगढी । धनगढीमा रहेको साहारा होटल म्यानेजमेन्टले यो वर्षदेखि थप सेवा बिस्तार गरेको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर ५ तारानगरमा रहेको साहारा होटल म्यानेजमेन्टले यो वर्षदेखि नयाँ भर्ना हुने विद्यार्थीहरूलाई निःशुल्क वार टेन्डर, बरिष्टा र बेकरी तालिम दिने जनाएको छ ।

विगत ७ वर्षदेखि सञ्चालित साहारा होटल म्यानेजमेन्टले आफ्नै सुविधा सम्पन्न बार र किचेनमा १२ महिने र १८ महिने कोर्स अध्ययन गर्ने विद्यार्थीहरूलाई निःशुल्क वार टेन्डर, बरिष्टा र बेकरी तालिम दिने प्रबन्ध निर्देशक कमलराज पनेरुले बताए । 

यहाँ अध्ययन गरेका १५० विद्यार्थीहरूलाई विश्वका तमाम देशमा रोजगारमा पठाउन सफल भएको प्रबन्ध निर्देशक पनेरुको दाबी छ । धनगढीको चौराहा लामो समयदेखि सञ्चालनमा रहेको सौराई होटेलका सञ्चालक समेत रहनुभएका साहाराका प्रबन्ध निर्देशक कमलराज पनेरुले साहारा होटल म्यानेजमेन्टको सुदूरपश्चिम प्रदेशमा एक मात्र आफ्नै होटेल समेत रहेको दाबी गरे ।

 ‘घरेलु पारिवारिक वातावरणमा अध्ययन गराउने साहा रामा अध्ययनरत विद्यार्थीहरू होटल सोराइमा पार्ट टाइम जबसँगै पढाइ गरिरहेका छन्’ पनेरुले भने, ‘होटल व्यवस्थापन, फेसन डिजाइनिङ्ग, ब्युटी पार्लर, डिएचएम र एडिएचम पढाउँदै आएका छौँ ।

हामीले रोजगारी र इन्टर्नसिपका लागि कुवेत, कतार, माल्दिभ्स, दुबई, चीन, मलेसिया, थाइल्यान्ड, भारत पठाउने गरेका छौँ । यहाँ अध्ययन पूरा गरेका विद्यार्थीहरूले नेपालका विभिन्न ठाउँमा आ–आफ्नै राम्रो क्याफे समेत सञ्चालन गरिरहेका छन् ।’