धनगढी पोष्ट आइतबार, २८ बैशाख २०८२   May 11, 2025

धनगढीबाट लागूऔषधसहित चार जना पक्राउ

धनगढीबाट लागूऔषधसहित चार जना पक्राउ

धनगढी । कैलालीको धनगढीबाट लागू औषध सहित चार जना पक्राउ परेका छन् । शुक्रवार धनगढी उपमहानगरपालिका – ७ जोखरतालबाट धनगढी उपमहानगरपालिका – ५ का २३ वर्षीय छितिज सिंह र गोदावरी नगरपालिका – ३ का २६ वर्षीय पंकज शाही पक्राउ परेका छन् ।

उनीहरूको साथबाट १८० मिलिग्राम लागू औषध खैरो हेरोइन र १५ ट्याब्लेट स्पास बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

यस्तै शुक्रवार नै धनगढी उपमहानगरपालिका – ३ फिस रिपोर्ट नजिकबाट धनगढी उपमहानगरपालिका – ४ का २२ वर्षीय नागिन कान र २३ वर्षीय रिहान अहमद पक्राउ परेका छन् । उनीहरूको साथबाट ३३० मिलिग्राम लागू औषध खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ ।