धनगढी पोष्ट 
                                सोमबार, २९ बैशाख २०८२  मा प्रकाशित
                            
                         
                        
                     
                    
                        धनगढी । कैलालीको धनगढीबाट लागूऔषधसहित तीन जना युवक पक्राउ परेका छन्।
धनगढी उपमहानगरपालिका–२ भन्सार कार्यालय नजिकबाट धनगढी उपमहानगरपालिका–४ बस्ने २० वर्षीय अर्जुन चौधरी, १९ वर्षीय सुरज चौधरी र २२ वर्षीय विनय चौधरी पक्राउ परेका हुन्।
तीनै जनालाई ९६० मिलिग्राम लागूऔषध (खैरो हेरोइन)सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।