धनगढी पोष्ट मङ्गलबार, ३० बैशाख २०८२   May 13, 2025

डोटीमा दुई जना बिच कुटपिट

डोटीमा दुई जना बिच कुटपिट

डोटी । डोटीमा आपसमा कुटपिट हुदाँ दुई जना घाईते भएका छन । जिल्लाको आदर्श गाउँपालिका– ४ मा सोही ठाउँका अशोक रोकाया र सन्तोष भाटबिच कुटपिट भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता नवराज रावलका अनुसार आईतबार राती पौने एघार बजे दुवै जना बिच कुटपिट भएको खुल्नमा आएको छ ।

प्रहरीले ११ बजे जानकारी पाएको र प्रहरी घटनास्थलमा पुग्दा सन्तोष भाटलाई रोकायाका आफन्तले नियन्त्रणमा लिएर कुटपिट गरेको उनले बताए ।

त्यतिमात्रै नभई भाटले प्रयोग गरेको सु।प।प्र। ०१ ००१ च ४११८ नम्बरको बोलेरो जिपमा तोडफोड तथा आगजनी गरिएको समेत प्रहरी प्रवक्ता रावलले बताए ।

रावलका अनुसार जीपमा तोडफोड तथा आगजनी हुँदा पुर्ण रुपमा क्षती भएको छ । तर जीपमा कस्ले आगजनी वा तोडफोड गरेको हो भन्ने विषयमा भने अनुसन्धान भैरहेको रावलले बताए ।

कुटपिटबाट घाईते भएका भाट र रावललाई प्रहरीले उद्धार गरी अस्पताल पु¥याएको र उनिहरुको उपचार भैरहेको उनले बताए ।

घटनाको विस्तृत विवरणका लागि अनुसन्धान भैरहेको र जीप तोडफोडमा संलग्नहरुको खोजी कार्य भैरहेको प्रहरीले बताएको छ ।