धनगढी पोष्ट 
                                सोमबार, २९ बैशाख २०८२  मा प्रकाशित
                            
                         
                        
                     
                    
                        धनगढी । कैलालीको अत्तरियामा मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी बैतडीकी ३० बर्षीया हरु साउँदको मृत्यु भएको छ ।
शिवनाथ गाउँपालिका–४ कुङेफाँटा घर भएकी साउँदलाई वैशाख २३ गते मोटरसाइकलले ठक्कर दिएको थियो । 
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी साउँदको उपचारका क्रममा मायामेट्रो अस्पताल धनगढीमा मृत्यु भएको हो । 
बच्चाहरुलाई पढाउनका लागि वैशाख २३ गते घरबाट अत्तरीया गएकी साउँदलाई सोही दिन साँझ मोटरसाइकलले ठक्कर दिएको थियो ।
मृतक साउँदका दुई छोरा छन् । साउँदलाई ठक्कर दिने मोटरसाइकल चालकलाई प्रहरीले सोही दिन नियन्त्रणमा लिएको थियो ।