धनगढी पोष्ट 
                                मङ्गलबार, ३० बैशाख २०८२  मा प्रकाशित
                            
                         
                        
                     
                    
                        काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी सांसद रञ्जिता श्रेष्ठले भूमिहीनलाई भूमि दिन सरकारसँग माग गरेकी छन् ।
मंगलबार प्रतिनिधिसभामा विशेष समयमा बोल्दै उनले कैलालीको टिकापुरमा भूमिहीन र दलितहरू रहेको उल्लेख गर्दै उनीहरूका लागि भूमि मागेकी हुन् ।
सरकारले भूमिहीनलाई लालपुर्जा दिनुपर्ने उनको माग छ । भूमिहीन र दलितको माग र अधिकारका लागि निरन्तर लडिरहने उनको प्रतिबद्धता छ ।