धनगढी पोष्ट बुधबार, ३१ बैशाख २०८२   May 14, 2025

कञ्चनपुरबाट लागूऔषधसहित चार जना पक्राउ

कञ्चनपुरबाट लागूऔषधसहित चार जना पक्राउ

कञ्चनपुर । कञ्चनपुरबाट लागूऔषधसहित चार जना पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका–११ भुजेला स्थित भीमदत्त नगरपालिका–५ २७ वर्षीय अनिल पहरी र सोही ठाउँ बस्ने २२ वर्षीय आकाश लुहार पक्राउ परेका हुन्।

पहरीले चलाएको डिएल ४ एचबि २६१३ नम्बरको भारतिय मोटरसाइकललाई चेकजाँच गर्दा १ ग्राम लागूऔषध फेला पारी उक्त पदार्थ, मोटरसाइकल र मोटरसाइकल पछाडी सवार लुहारलाई पक्राउ गरिएको हो।

दुवै जनालाई लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

यसैगरी भीमदत्त नगरपालिका–११ गडडाचौकी होल्डिङ सेन्टर ७ नम्बर पिल्लर स्थित भीमदत्त नगरपालिका–६ बस्ने २४ वर्षीय रबिन्द्र चन्दले चलाएको सुदूरपश्चिम प्रदेश ०२–००३ प ३८९७ नम्बरको स्कुटरलाई चेकजाँच गर्दा ७ ग्राम ९९० मिलिग्राम लागूऔषध खैरो हेरोइन फेला पारी उक्त पदार्थ, स्कुटर र स्कुटर पछाडी सवार सोही ठाउँ बस्ने २२ वर्षीय चेतन चन्द पक्राउ परेका छन्।

यी दुवै जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर, लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।