धनगढी पोष्ट शुक्रबार, ०२ जेठ २०८२   May 16, 2025

कञ्चनपुरमा दुर्घटनाबाट पूर्वसशस्त्र प्रहरीको मृत्यु

कञ्चनपुरमा दुर्घटनाबाट पूर्वसशस्त्र प्रहरीको मृत्यु

धनगढी । कञ्चनपुरमा मलामी जाँदै गरेका एक सेवा निवृत्त सशस्त्र प्रहरी हवलदारको सडक दुर्घटनामा मृत्यु भएको छ ।

जिल्लाको भीमदत्त नगरपालिका–८ तिलाचौरका ४२ वर्षीय नकुल राना छिमेकी गुरुङ थरकी महिलाको मलामीमा जाँदै गर्दा दुर्घटनामा परेका हुन् ।

भीमदत्त नगरपालिका–९ स्थित ब्रह्मदेव क्षेत्रमा म १ त ९२५ नम्बरको ट्याक्टरबाट खसेर घाइते भएका रानालाई उपचारका लागि महाकाली प्रादेशिक अस्पताल लगिएको थियो । तर, अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।