धनगढी पोष्ट शुक्रबार, ०२ जेठ २०८२   May 16, 2025

कञ्चनपुरबाट लागुऔषधसहित दुई जना पक्राउ

कञ्चनपुरबाट लागुऔषधसहित दुई जना पक्राउ

धनगढी । कञ्चनपुरबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका–११ गड्डाचौकी र पुनर्वास नगरपालिका–११ डोकेबजारबाट लागुऔाषधसहित दुई जना पक्राउ परेका हुन्।

भारतबाट नेपाल तर्फ आउदै गरेका भीमदत्त नगरपालिका–२ का दिपेश डगौरा चार ग्राम १९० मिलिग्राम हैरो हेरोइनसहित पक्राउ परेका हुन्।

उनलाई नेपाल प्रहरी, प्रदेश प्रहरी कार्यालय, महेन्द्रनगर, जिल्ला प्रहरी, लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय, महेन्द्रनगर र इलाका प्रहरी गड्डाचौकीको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो।

धनगढी उपमहानगरपालिका–८ क्याम्पस चोकका २५ वर्षीय सन्दिप श्रीवास्तव डोकेबजारबाट पक्राउ परेका छन्।

उनी पनि भारतबाट नेपाल तर्फ आउँदै गर्दा २ ग्राम ३८० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ परेका हुन्। उनलाई प्रहरी चौकी परासनको टोलीले पक्राउ गरेको हो।