धनगढी पोष्ट 
                                शुक्रबार, ०२ जेठ २०८२  मा प्रकाशित
                            
                         
                        
                     
                    
                        धनगढी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु अहिले डडेलधुरामा छन्। पार्टीको मध्यपहाडी लोकमार्गअन्तर्गतको अभियानको सुरुवात गर्न डडेलधुरा पुगेका प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवालाई त्यहीँबाट फोन गरेका छन्। डडेलधुरा सभापति देउवाको गृहजिल्ला हो।  
ुफोनमार्फत प्रचण्डले डडेलधुरा आएको जानकारी गराउनु भयो,ु गोविन्द आचार्यले भने, ुउहाँहरूबीच शिष्टाचार कुराकानी भएको हो। प्रचण्डले म डडेलधुरा आएको छु भन्दा देउवाले स्वागत छ जिल्लामा भनेर भन्नुभयो।ु
प्रचण्डले पनि प्रेस सेन्टर डडेलधुरामा आयोजना गरेको पत्रकार सम्मेलनमा आफू र देउवाबीच टेलिफोन संवाद भएको जानकारी गराए। 
  
देउवासँगको टेलिफोनबारे प्रचण्डले भने, ुडडेलधुरा शेरबहादुर देउवाजीको जिल्ला भनेर पनि चिनिन्छ। देउवाजीसँग पनि सम्पर्क भयो र उहाँले पनि मेरो जिल्लामा स्वागत भन्नुभयो, डडेलधरामा स्वागत भन्नु भएको छ ।