धनगढी पोष्ट आइतबार, ०३ फागुन २०८२   February 15, 2026

कञ्चनपुरबाट आठ जना जुवाडे पक्राउ

कञ्चनपुरबाट आठ जना जुवाडे पक्राउ

कञ्चनपुर । कञ्चनपुरको पर्वत होटलबाट आठ जना जुवाडे पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका–४ स्थित महेन्द्रनगर बजार क्षेत्रमा रहेको पर्बत होटलमा जुवातास भइ रहेको गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारेको छ।

प्रहरी टोलीले होटल सञ्चालक ४० वर्षीय केशव राज जोशीसहित ८ जनालाई २३ हजार ८३५ नगदसहित पक्राउ गरेको जनाएको छ।

उक्त छापा जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरबाट खटिएको टोलीले गरेको हो। हाल घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।