अछाममा जबरजस्ती करणी आरोपमा युवक पक्राउ

अछाममा जबरजस्ती करणी आरोपमा युवक पक्राउ

अछाम । अछाममा जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । आफन्त नाता पर्ने युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा चौरपाटी गाउँपालिकाका अन्दाजी २२ वर्षीय युवक पक्राउ परेका हुन ।

उनीमाथी अन्दाजी २० वर्षीया विवाहित युवतीलाई जबरजस्ती करणी गरेको आरोप लागेको छ ।

गएको वैशाख २८ गते बिहान करिब साढे ११ बजेतिर घरमा गई जबरजस्ती करणी गरेको भन्दै युवतीको उजुरीपछि युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।