धनगढी पोष्ट
बुधबार, ०७ जेठ २०८२ मा प्रकाशित
डडेल्धुरा । डडेल्धुरामा हावाहुरीका कारण घरमाथि रूख ढल्दा एक महिलाको मृत्यु भएको छ ।
बुधबार बिहान आएको हावाहुरीका कारण घरमाथी रुख ढल्दा जिल्लाको आलिताल गाउँपालिका–६ की २७ वर्षिया रविना कामीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक डम्मर बिष्टका अनुसार कामीको घटनास्थलमै मृत्यु भएको हो ।
घटनामा उनकी सासू राधा कामी घाइते भएकी छन् । घटनास्थलमा प्रहरी टोली पुगेको इन्सपेक्टर बिष्टले जानकारी दिए ।