धनगढी पोष्ट आइतबार, ०३ फागुन २०८२   February 15, 2026

कञ्चनपुरबाट चार लाख ९८ हजारका सामान बरामद

कञ्चनपुरबाट चार लाख ९८ हजारका सामान बरामद

कञ्चनपुर । कञ्चनपुरबाट चार लाख ९८ हजारका सामान बरामद गरिएको छ। भीमदत्त नगरपालिका–९ ब्रम्हदेव र भीमदत्त नगरपालिका–१७ मझगाउबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य चार लाख ९८ हजार २८० बराबरको भन्सार छलीका सामान बरामद गरिएको छ।

भन्सार छलीको खाद्यान्न, बिभिन्न किसिमका कपडा, हार्डवेयर, किराना लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।