धनगढी पोष्ट शुक्रबार, ०९ जेठ २०८२   May 23, 2025

वित्तीय अनुशासन पालना, बेरुजु फछ्र्यौट र सुशासन प्रवद्र्धधनमा अन्तरक्रिया

वित्तीय अनुशासन पालना, बेरुजु फछ्र्यौट र सुशासन प्रवद्र्धधनमा अन्तरक्रिया

धनगढी । धनगढीमा स्थानीय सरकारमा वित्तीय अनुशासन पालना, बेरुजु फछ्र्यौट र सुशासन प्रवद्र्धधनका सम्बन्धनमा जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिका राष्ट्रिय महासंघ नेपालको आयोजनामा धनगढीमा बिहीबार जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले  आफूहरूले जिम्मेवारी लिने बेलामा जुन किसिमका साथमा जिम्मेवारीमा आएकोमा कहिन–कहिन आफूहरूबाट कमी कमजोरी भएको बताए । 

No description available.

त्यो कमी कमजोरीलाई सचाएर अगाडि बढ्नुपर्छ भने उद्देश्यका साथ राम्रो कार्यक्रमको सुरुवात गरेकोमा आयोजक प्रति उनले धन्यवाद व्यक्त गरे । जनताको अपेक्षा मात्रै नभई आफूहरूका अपेक्षाकृत काम गर्न नसकिएको उनले बताए । 

कानुन निर्माण भए पनि कानुनको पूर्ण पालन गर्न तर्फ मानव स्वभाव नै नभएको उनको भनाइ छ । कानुनको पूर्ण पालन गर्न सक्यो भने भोलिका दिनमा पुर्खाहरूले सम्झन सक्ने उनले बताए । 

No description available.

गाउँपालिका राष्ट्रिय महासंघ नेपालका उपाध्यक्ष लक्ष्मणबहादुर शाहीले स्थानीय तहमा वित्तीय अनुशासन नहुँदा बेरुजु लगायत भ्रष्ट्राचार व्यापक बढी रहेको बताए । स्थानीय सरकारको कार्यसम्पादन लगायत कार्यशैलीप्रति प्रश्न खडा भइरहेको उनले बताए । 

जनताहरूले स्थानीय सरकारप्रति लगाएको आरोपलाई चिन्नका लागि भए पनि बाँकी अवधिमा बेरुजु फर्छयौटालाई कम लगायत न्यूनीकरण गर्न तर्फ सबै जना लाग्नुपर्ने उनको भनाइ छ । 

No description available.

आफूहरू माथि लाग्दै गरेको आरोपलाई चिन्नका लागि जनताबिचमा सकारात्मक सन्देश प्रवाह गर्नकै लागि स्थानीय सरकार जिम्मेवार हुनै पर्ने उनले बताए । उनले कार्यशैली, निष्पक्षता, प्रदर्शितता, जबाफदेहिता र वित्तीय अनुशासन कायम गर्न सन्दर्भमा आफूहरू जिम्मेवार हुनुपर्ने जरुरी रहेको बताए । 

निर्वाचनका बेला जनताका बिचमा गरेका घोषणापत्रलाई कार्यान्वयन गर्नका लागि आफूहरू माथि उठेका प्रश्नहरूलाई सहज रूपले ग्रहण गर्दै अगाडि बढ्नुपर्ने उनले बताए । 

No description available.

गाउँपालिका राष्ट्रिय महासंघ सुदूरपश्चिमका प्रदेश अध्यक्ष लोकेन्द्रबहादुर शाहीले स्थानीय तहमा जाने कर्मचारीहरूलाई डराउने किसिमको प्रस्तुति बनेकाले यसलाई सहजीकरण गर्नका लागि यस्ता अन्तरक्रिया कार्यक्रमले गर्दा उनीहरूको मनोबल उच्च रहने बताए । 

दक्ष जनशक्तिहरू तराईका पालिकाहरूमा केन्द्रीत हुने र पहाडतिरका पालिकाहरूमा रिक्त रहने अवस्था रहेको उनले बताए । उनले प्रमुख प्रशासकीय हुनुपर्ने ठाउँमा प्राविधिक कर्मचारीलाई निमित्तको भरमा काम गरिरहेको बताए ।

पहाडका पालिकाहरूमा दक्ष जनशक्ति नहुँदा अनुगमन लगायत मंूल्याकन प्रणाली गर्नलाई समस्या भइरहेकाले गर्दा बेरुजु बढेको उनको भनाइ छ । प्रदेशमा महालेखापरीक्षकको कार्यालय स्थापन गर्न सकियो भने बेरुजुमा कमी आउन सक्ने उनले बताए । 

No description available.

कार्यक्रममा गाउँपालिका राष्ट्रिय महासंघ नेपालका कोषाध्यक्ष उमेशप्रसाद भट्ट, महालेखापरीक्षकको कार्यालयका निर्देशक टीकानाथ अर्याल र अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय कञ्चनपुरका कार्यालय प्रमुख वेदप्रसाद भण्डारीले प्रस्तुतीकरण गरेका थिए भने कार्यक्रममा कैलाली र कञ्चनपुरका स्थानीय तहका प्रुमख, उप–प्रमुख, प्रमुख प्रशासकीय अधिकृतलगायत कर्मचारीहरूको उपस्थिति रहेको थियो ।